मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायधीश मिश्रले बुझाए राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन

बुधबार, २६ मङ्सिर २०७५, १९ : ३६
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाएका छन् । 

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश मिश्रले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । 

नेपालको संविधानको धारा १३८ मा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । 

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल र सर्वोच्च अदालतमा सबै न्यायाधीशको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप