शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट खेलाडीको मनोनयनमा परे

बुधबार, २६ मङ्सिर २०७५, १९ : २६
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर अवार्डको मनोनयनमा परेका छन् । यस सिजन माल्दिभ्सको शीर्ष डिभिजन क्लब टिसी स्पोर्टस्बाट ब्यवसायिक फुटबल खेलेका किरण अवार्डको मनोनयनमा परेका हुन् ।

माल्दिभ्स फुटबल डट कम र फुटबल एसोसियसन अफ माल्दिभ्सले संयुक्त रुपमा प्रदान गर्ने यस अवार्डका लागि मोहमद फैसल र सुजन परेरा पनि मनोनयनमा परेका छन् । अवार्ड विजेता यही डिसेम्बर १९ तारिखमा घोषणा हुनेछ ।

यसपटक टिसी स्पोर्टस्ले माल्दिभ्सको लिग समेत जितेको थियो । टिसीलाई लिग जिताउन किरणले मुख्य भूमिका निभाएका थिए । किरण अघिल्लो बर्षपनि यस अवार्डको मनोनयनमा परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप