शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा करिब ४२९ वर्ष कैद लगत बाँकी

बुधबार, ११ साउन २०७४, १३ : ३५
बुधबार, ११ साउन २०७४

बेँसीसहर । जिल्ला अदालत लमजुङमा करिब ४३० वर्ष कैद लगत बाँकी रहेको पाइएको छ । लमजुङ जिल्ला अदालतका अनुसार ४२९ वर्ष, आठ महिना २५ दिन कैद भुक्तान गर्न बाँकी रहेको हो । 

न्यायाधीश अर्जुन अधिकारीका अनुसार अघिल्लो वर्षसम्म अदालतमा ४७७ वर्ष ११ महिना १५ दिन कैद लगत बाँकी रहेको थियो । गत आर्थिक वर्षमा ४९ वर्ष, दुई महिना २५ दिन कैद असुल भएको उनले बताए । 

विसं २००८ देखि विभिन्न समयमा भएका फैसलाबाट दोषी ठहरिएकाको कैद लगत बाँकी रहेको न्यायाधीश अधिकारीले बताउनुभयो । जिल्ला अदालतले कैद तथा जरिवानाको सजाय तोकेका चारसय भन्दा बढी अभियुक्त अझै सम्पर्कबिहीन छन् । 

यसैगरी, लमजुङ जिल्ला अदालतमा रु एक करोड ५७ लाख ८४ हजार ३९१ जरिवाना लगत बाँकी रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६० लाख १४ हजार ६८६ जरिवाना लगत बाँकी रहेकोमा गत आवमा दुई लाख ३० हजार २९५ मात्र असुल भएको छ । 

यसैगरी जिल्ला अदालत लमजुङले गत आर्थिक वर्षमा तीन सय मुद्दा फस््र्यौट गरेको छ । आघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ११७ र गतवर्ष दर्ता भएका २७१ गरी कूल ३८८ मुद्दा रहेकामा ३०० वटा फर्स्यौट गरेको हो । 

कुल मुद्दामध्ये ७७ दशमलव ३१ प्रतिशत मुद्दा फस्र्योट भएको जिल्ला अदालत लमजुङले जनाएको छ । अदालतमा अघिल्लो आवमा ७४ दशमलव ६२ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । 

बाँकी ८८ वटा मुद्दा चालु आवका लागि जिम्मेवारी सरेका छन् । अदालतले गतवर्ष ३४५ वटा मुद्दा फर्स्यौटको लक्ष्य राखेको थियो । जिम्मेवारी सरेर आएका चारवटा मुद्दा फर्स्यौट हुन अझै बाँकी रहेको जिल्ला अदालत लमजुङका न्यायाधीश अर्जुन अधिकारीले बताए। 

जिल्लामा सबैभन्दा बढी सम्बन्धबिच्छेदका ९३ मुद्दा परेकामा ७६ वटाको फैसला भएको र चालु आवमा १७ मुद्दाको जिम्मेवारी सरेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप