काठमाडौँ महानगरले सुरु गर्यो स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा
कठमाडौं– काठमाडौँ महानगरपालिकाले स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ सुरु गरेको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै काठमाडौँ महानगर पालिकाले हाम्रो काठमाडौँ हामी बनाउँछौ भन्ने नाराका साथ स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा सुरु गरेको हो ।
महानगरले स्वदेशमा बसी उद्यमशिलता प्रबद्र्धन गर्ने उद्देश्यले प्रतिस्पर्धामार्फत सामुहिक प्लेटफर्म बनाउन लागिएको बताएको छ । यो प्रतिस्पर्धामा समुदाय तथा वातावरण,शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन विषयमा प्रतिस्पर्धीले नवीन सोच सहितको प्रस्तुति पेश गर्नु पर्नेछ ।
प्रतिस्पर्धीहरुले बनाएको योजनाको विभिन्न ५ चरणमा परिक्षण मूल्याँकन हुने बताइएको छ । यस प्रतिस्पर्धामा भाग लिनेले पुस ३० गतेभित्र निवेदन दिनुपर्ने छ । प्रतियोगितामा बिजेता ४ विधाका नविन सोचहरुलाई जनही २ लाख उप विजेता ४ जनालाई जनही १ लाख ४ सबै भन्दा उत्कृष्ट भएको समूह विजेता लाई ५ लाख नगद पुरस्कार दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न