शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाहपञ्चमी महोत्सवः स्वयम्वर सम्पन्न, आज राती विवाह हुँदै

बुधबार, २६ मङ्सिर २०७५, १९ : ०४
बुधबार, २६ मङ्सिर २०७५

जनकपुर– विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरमा राम र सीताको स्वयम्वर विधि सम्पन्न आज राति विवाह हुँदैछ । बुधबार जनकपुरको रंगभूमि मैदानमा निर्मित स्वयंवर मञ्चमा सितारामका प्रतिकले एक अर्कालाई बरमाला लगाई दिएर त्रेतायुगको सिताराम स्वयंवरको झल्को दिए ।

स्वयंवर कार्यक्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका मन्त्री लगायतकाहरुको सहभागिता थियो । सितारामको स्वयंवर हेर्न जनकपुरको विद्यापति चोकदेखि राम चोक, जनक चोक, जानकी चोक, अस्पताल रोड हुदैँ रंगभूमि मैदानसम्म श्रद्धालु भक्तजन तिर्थालुहरुको हजाराँैँ संख्यामा घुँइचो लागेको थियो भने प्रहरीलाई भिड नियन्त्रणका लागि लाठी समेत चार्ज गर्नुपरेको थियो ।   

त्रेतायुगमा अयोध्याका दशरथको पुरुषोत्तम रामलालई जनककी पुत्री एवं मिथिलाकी सिताले बरको रुपमा स्वीकारेकी थिइन् । यसैलाई धार्मिक सांस्कृतिक परम्परालाई एक सुत्रमा बाँध्नका लागि जनकपुरमा चलिरहेको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फूलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलक उत्सव, पाँचौ दिन मटकर सम्पन्न र आज सितारामको स्वयम्वरसँगै रातिमा विवाह सम्पन्न पश्चात अर्को दिन रामकलेवा हुँदै औपचारिकरुपमा विवाह महोत्सव सम्पन्न भएको मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप