मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

६ घण्टा जनकपुर बस्दा मुख्यमन्त्री योगी आदित्यनाथले के–के भने ? राजदूत मन्जिम्भसिंहलाई आठौ पुरीको संज्ञा

बुधबार, २६ मङ्सिर २०७५, १८ : १४
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका लागि भारतीय राजदूत मन्जिम्भसिंह पुरीलाई आठौ पुरीको संज्ञा दिएका छन् ।  रामजानकी विवाह पञ्चमीको अवसरमा जन्ती भएर जनकपुर आएका मुख्यमन्त्री आदित्यनाथले वाह्रविघामा सम्बोधन गर्दै भने, हिन्दु धर्ममा सात पुरी हुन्छ, राजदूत पुरीले नेपालमा गरेका कामका कारण आठौं पुरी बन्नु भएको छ ।’ हिन्दु धर्ममा पुरी कसलाई भन्छन् भनि उनले खुलाएनन् । 

त्यसैगरि, उनले चार लाइनको रामजानकी मार्ग बनाउने प्रतिबद्धता पनि जनाए । उनल भने, ‘चारलाइनको राम जानकी मार्ग बनाउने छौं । यो मार्ग बनेपछि जनकपुर आयोध्याको बाटो चारघण्टाको मात्र हुनेछ ।’ 

उनले प्रदेश सरकारलाई भौतिक विकासमा पनि ध्यान दिन सुझाव दिए । सँस्कृति संरक्षणको साथसाथै भौतिक विकासमा पनि ध्यान दिनुपपर्छ,’ उनले भने, ‘सँस्कृतिको विकास आवश्यकनै छ तर त्यसका साथ साथै भौतिक विकासमा पनि ध्यान दिनुपर्छ, भौतिक विकासले मात्र जीवनलाई खुशयाली दिन्छ ।’

प्रदेश २ आर्थिक वृद्धि र सम्पन्नताको कारण नेपालमा विशेष प्रदेशको रुपमा स्थापित होस् भनि उनले शुभकामना पनि दिए । भारतमा भइरहेको विकासको फाइदा नेपालले पनि लिनुपर्छ, र त्यसका लागि केनेक्टीभिटी आवश्यक रहेको बताउँदै उनले नेपालमा कृषि विज्ञान र प्रविधिको क्षेत्रमा सहयोग भारत सहयोग गर्न तयार रहेको धारणा पनि राखे । 

उनले भारत र नेपालमा पर्यटनको निकै सम्भावना छ तर त्यसको खोजी नभएको धारणा राखे । उनले भने, ‘नेपाल र भारतमा पर्यटकका निकै सम्भावनायुक्त ठाउँहरु छन्, मिलेर त्यसको खोजी गर्नुपर्छ ।’

योगि आदित्यनाथले भारत–नेपालको सम्बन्धलाई राम कथाले एक सुत्रमा बाँधेको बताए ।  हिन्दुवादी नेता समेत रहेका मुख्यमन्त्री आदित्यनाथले स्वयम्वर कार्यक्रममा तिर्थालुलाई सम्बोधन गर्दै उनले सिता र राम कथाले जनकपुर–अयोध्याले नेपाल राज्यलाई नै बाँधेको बताए । 

उनले जनकपुर र अयोध्याको सामाजिक, सांस्कृतिक सम्बन्ध पौराणिक काल देखिनै रहेको स्मरण गर्दै मुख्यमन्त्री आदित्यनाथले राजा जनक र राजा दशरथको चर्चा समेत गरे । नेपाल भारतको अद्वितिय सम्बन्ध साझा विरासत र परम्पराको अत्यधिक मूल्यवान रहेको धारणा व्यक्त गरे । उनले सिताराम भगवानको बारेमा चर्चा गर्दै जनकपुरधाम ज्ञानको केन्द्रको रुपमा परिचित रहेको बताए ।

उनले वर्तमान अवस्थामा नेपाल सुशासन र समावेशी विकास आधारित, सामाजिक आर्थिक परिवर्तनको नयाँ अभियानमा प्रवेश गरेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको नयाँ भारतको निर्माणको लागि प्रयासरत्त रहेको बताए ।

उनले आफुहरु विगत केहि वर्षदेखि समावेसी विकासको दिशातर्फ स्पष्ट दृष्टिकोणको साथ अघि बढेको बताए । उनले भारतको आर्थिक प्रगतिको वास्तविक लाभ नेपालले प्राप्त गर्नसक्ने बताउँदै कनेक्टिविटी परियोजनाहरुबाट नेपालले पनि उपलब्धी लिन सक्छन् । उनले दुवै देशले एकआपसमा मिलेर काम गरेमा नेपाललाई मध्ये व्यापार, निवेश तथा जनसामान्यको लागि ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर आएका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या–जनकपुर तथा वाराणसी–काठमाण्डौँलाई मध्ये सिस्टर सिटी सम्झौंता हस्ताक्षर भइसकेकोले यसको लागि कार्य अगाडी बढिरहेको जनाए ।

उनले प्रत्येक विवाहपञ्चमीको अवसरमा भारत र नेपालको हजारौँ श्रद्धालुहरु जनकपुर आएर माता जानकी र भगवान रामको विवाह संस्कारको साक्षी बनिरहेको बताउदैँ उनले भने–‘प्राचिन सांस्कृतिक परम्पराको सुदृढ गर्नुको साथै दुवै देशको पारिवारिक सम्बन्धको नवीनीकृत गरेको छ ।’

मिथिला र अवध दुर्व देशको महान साँस्कृतिक विरास रहेको बताउँदै उनले यसमा पर्यटनको निकै सम्भावना रहेको छ र यसले रोजगारमा पनि वृद्धि गर्ने बताए । 

जनकपुरको बाह्रविघामा आयोजित कार्यक्रमकमा मुख्यमन्त्री आदित्यनाथलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गरेका थिए । सो कार्यक्रमबाट भगवान राम सीताको स्वंवरको पनि अवलोकन गरेका थिए । 

उनी आजै आफ्नो विशेष विमानबाट भारत फर्केका छन् ।  उनी आज १०ः३० आफ्नो विशेष विमानबाट जनकपुर आएका थिए ।  योगी आदित्यनाथ भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विवाह पञ्चमी (श्री राम जानकी विवाह उत्सव) मा सहभागिता जनाउन जनकपुर आएर जानकी मन्दिरमा पुजापाठ समेत गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनको सम्मानको दिवाभोजको व्यवस्था गरेका थिए । साथै उनलाई मधेश भवनमा एक कार्यक्रमको बीच सम्मान पनि गरिएको थियो । 

मधेश भवनमा आयोजित दिवाभोजमा संघीय तथा प्रादेशिक सरकारका अधिकारीहरु तथा राजनीतिज्ञहरु सहभागी थिए । दुबै मुख्यमन्त्रीहरु, संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी एवम् जनकपुर नगर प्रमुख लाल किशोर साहले रंगभुमि बाह्रबिग्हा मैदानमा सम्पन्न विवाह पञ्चमी (श्री रामसीता विवाह) का विधिहरुको प्रत्यक्ष अवलोकन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप