शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक राजश्व कार्यालय विराटनगरको प्रगति: ४ महिनामा २ अर्ब सङ्कलन

बुधबार, २६ मङ्सिर २०७५, १६ : ३७
बुधबार, २६ मङ्सिर २०७५

विराटनगर– आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । 

सङ्कलित राजश्वमा आयकर रु।५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु।९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर रु.दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु।५३ लाख ६८ हजार रहेको छ। 

कार्यालयका अनुसार भ्याटमा सात हजार २९२, अन्तःशुल्कमा तीन हजार ६६४, प्यानमा ४२ हजार ८७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ । गत वर्ष १६७ व्यवसायीको दर्ता खारेजी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप