शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजारमा झिनो सुधार

बुधबार, २६ मङ्सिर २०७५, १५ : ५४
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ– शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार ७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भएका छन् । 

स्टकका अनुसार कारोवार भएका दश उपसमुहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा जलविद्युत् ३५.७७, वित्त ३.६२, उत्पादन १.५२, अन्य ०.६५ र बीमा २३.६४ विन्दुले बढेको छ । 

बैंकिङ १.३३, होटल ३७.२७, विकास बैंक २.५७, निर्जीवन बीमा १०.६९ र लघुवित्त ८.४६ विन्दुले घटेको छ ।  सोल्टी होटल लिमिटेड, आइएमइ जनरल इन्स्योरेन्स, चिलिमे हाइड्रो पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रोगेशिभ फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् । 

सिटिजन इन्टरनेशनल बैंक, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र मिर्मिरे लुघवित्त वित्तीय संस्थाको लगानीकर्ताले गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप