बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युनियन पे ईन्टरनेशलसँग क्यु पेको सहकार्य

बुधबार, २६ मङ्सिर २०७५, १५ : ४३
बुधबार, २६ मङ्सिर २०७५

काठमाडैं । विश्वकै सबैभन्दा ठूलो डिजिटल भुक्तान सेवा प्रदान गर्ने कम्पनी युनियन पे ईन्टरनेशलसँग क्यु पेले सहकार्य गर्ने भएको छ । क्यु पेको क्युआर डाउनलोड गरेका व्यक्तिहरूलाई यसले मोबाईलको माध्यमबाट युनियन पे ईन्टरनेशलसँग नेटवर्क भएको सबै बैंकसँग कारोबार सुविधा उपलब्ध हुनेछ ।

यसको लागी प्रयोकर्ताले क्यु पेको मोबाईल एप डाउनलोड गरी त्यसमा मोबाईल नम्बर रजिष्टर गरेर रकम समावेश गरी एससीटी मोबाईल बैंकिंङ अथवा क्यु पे क्युआर नेटर्वकमा आबद्व सबैले यसबाट न्यून शुल्क, अन्तरदेशिय सुरक्षित भुक्तानको कार्य गर्दछ । 

काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनबीच यस सहकार्यलाई सार्वजनिक गरिएको हो । नेपालमा क्यु पेले युनियन पेसँग सहकार्य गर्नका लागि नेपाल राष्ट्र बैँकसँग अनुमति लिईसकेको छ भने बालुवाटारमा केन्द्रीय कार्यालय स्थापना गरेको छ ।

क्यु पे नेपालमा शुरू गरिएको मोबाईल वालेट सुविधा हो । युनियन पे ईन्टरनेशनल चाईनिज कम्पनी हो । यसले चीनबाहिर विश्वभरीका एक सय एकहत्तर देशमा र दुई हजार भन्दा बढि कम्पनीहरूसँग यस्तो सहकार्य गरिरहेको छ । 

सिनेमा, रेष्टुरेण्ट, सपिङ, सवारी लगायतका उपभोग्य सेवाको भुक्तान गर्न क्युआर स्क्यान गर्नुपर्ने हुन्छ । क्युआरका लागि क्यु पेको एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ । युनियन पेको कार्ड भएका नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरू क्युपेको माध्यमबाट भुक्तान गर्न सक्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप