शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरका २ वडालाई नमुना बनाउने तयारी

बुधबार, २६ मङ्सिर २०७५, १४ : ०७
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१५ र २२ लाई नमूना वडा बनाउने तयारी गरेको छ । कामपामा ठूलो समस्याको रुपमा रहेका फोहर व्यवस्थापनको काम गर्न चुनौती आएपछि वडा नं १५ र २२ का प्रत्येक घरलाई कुहिने र नकुहिने फोहर राख्ने छट्टाछुट्टै डस्टबिन वितरणको तयारी रहेको छ । 

पहिलो चरणमा कामपाको यी दुई वडाबाट शुरु गर्ने कार्य विस्तारै ३२ वटै वडामा पुर्याउने तयारी रहेको कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार डस्टबिन वितरण गर्दा प्रत्येक घरमा दुईवटा दिइने छ । कामपाको फोहर लिन जाने गाडीले पनि सोहीअनुरुप कुहिने र नकुहिने फोहर फरक फरक गाडीमा राखेर ल्याउनुपर्ने हुन्छ । 

फोहर राख्ने डस्टबिन किन्नका लागि महानगरले आधा रकम लगानी गर्ने छ भने बाँकी पैसा नागरिक आफैले बेहोर्न पर्ने कामपाले जानएको छ । 
घरमा उत्पादन भएको सबै फोहर एकै ठाउँमा राख्दा फोहर व्यवस्थापन गर्ने अन्तिम स्थान सिसडोलमा व्यवस्थापन गर्न समस्या भएकोले यहीँबाट फरक÷फरक लाने तयारी गरिएको हो । 

हाल दैनिक काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन र कामपाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप