शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सपथमा नीजि सञ्चारमाध्यमलाई प्रवेश निषेध, महासंघले गर्यो विरोध

बुधबार, ११ साउन २०७४, १३ : १७
बुधबार, ११ साउन २०७४

काठमाडौ– विगत केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । 
महासंघले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि प्रधान न्यायाधीशको शपथ कार्यक्रममा सरकारी मिडियालाई प्रवेश दिइएपनि स्वतन्त्र मिडियालाई प्रवेशमा रोक लगाइएको तथा आज हुने मन्त्रिपरिषद्का सदस्यहरुको शपथमा पनि निजी क्षेत्रका मिडियालाई प्रवेश नदिने जानकारी गराइएको भन्दै सो कार्यक्रममा मिडियाको सहज पहुँच दिने व्यवस्था मिलाउन राष्ट्रपतिको कार्यलयलाई आग्रह गरेको छ । 

अन्य कतिपय कार्यक्रममा पनि यस्तै किसिमको विभेदपूर्ण व्यवहार भइरहेकोमा महासंघले आपत्ति जनाउने गरेको र त्यसलाई सच्याउने बचन दिने गरिएकोमा पुनः त्यस्तै खालको व्यवहार राष्ट्रपतिको कार्यलयबाट हुने गरेको भन्दै  दुःख समेत व्यक्त गरेको छ ।

स्थान अभाव वा व्यवस्थापन समस्या वा अन्य कुनै पनि बहाना देखाउने तर त्यसको विकल्प पनि नखोजी मिडियालाई नै निषेध गर्ने कार्य कुनै पनि अर्थमा तर्कसंगत हुन नसक्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
‘राज्यका जिम्मेवार निकायले सार्वजनिक सरोकारका महत्वपूर्ण कार्यक्रममा मिडियालाई पहुँच नदिने र स्वतन्त्र मिडियाप्रति विभेद गरिने कुरा प्रेस स्वतन्त्रतामाथिको संकुचन हो । 

यसले लोकतन्त्रले स्वतः अपेक्षा गर्ने खुला समाजको अवधारणामा समेत ठेस पु¥याउँछ । महासंघ सम्माननीय राष्ट्रपतिको कार्यालयबाटै भएका यस्ता कार्यप्रति तीब्र असन्तुष्टि जनाउँछ ।’ महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप