बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट प्रिमियर लिग : भैरहवाको सानदार जित

बुधबार, २६ मङ्सिर २०७५, १२ : ४१
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं–कप्तान पारस खड्काको विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा ग्वाडियटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको प्ले अफमा पुगेको छ । 
शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

भैरहवाका लागि रायन टेनडोसकाटेले २० रन बनाए । कप्तान सरद १६ रन र रविन्दर सिंहले १२ रन बनाए । बलिङमा विराटनगरका भानडेर मेर्वीले दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । विराटनगरका लागि भानडेरले २५ रन बनाए । करण केसीले १८, सुमित महर्जनले १५ र हरिबहादुर चौहानले अविजित १३ रन बनाएका थिए ।

विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका मोहमद नाभिदले चार विकेट लिए । कृष्ण कार्की र अविनाश बोहोराले दुई दुई विकेट झारेका थिए । यस जितसँगै भैरहवाले तीन खेलबाट ६ अंक बनायो । तालिकाको शीर्ष स्थानमा रहेको भैरहवा प्लेअफमा पुग्ने पहिलो टोली समेत बन्यो ।

यसअघि भैरहवाले पहिलो खेलमा पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । चार अंक बनाएको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्ले अफ पुग्ने सम्भावना जिवित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप