शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीबाट डिपोर्ट गरिएकी नेपाली किशोरीको ‘सुखद अन्त्य’

बुधबार, ११ साउन २०७४, १३ : १७
बुधबार, ११ साउन २०७४

डुइसवर्ग – जमर्नीको डुइसवर्गका अध्यागमन अधिकारीहरुले १५ वर्षीया विभसी रानालाई गत मेमा विद्यालयमा पढ्दापढ्दै गरेको अवस्थामा कक्षाकोठाबाटै जबर्जस्ती बाहिर निकालेर आफ्नो आमाबाबुसँग सोही दिन नेपाल डिपोर्ट गरेको थियो ।

जर्मनीमा जन्मिएकी नेपाली किशोरी र उनको आमाबाबुलाई डिपोर्ट गरेको घटनाले सो समूदायमा ठूलो आक्रोश पैदा गरेको थियो । उनीहरुले प्रदर्शन गर्दै त्यहाँको मेयर र स्थानीय सरकारलाई यसबारे आवश्यक कारवाही गर्न लबिङ शुरु गरेका थिए ।

प्रदर्शन तथा व्युरोक्राटिक दबाबपछि डिपोर्ट गरिएको दुई महिनापछि विभसीले ‘एक्सचेन्ज स्टुडेन्ट भिषा’ प्राप्त गरेकी छिन् जसले उनको आमाबाबुले पनि जर्मनी फर्कने बाटो खुलेको छ । अब विभसीले थप अध्ययनका लागि फलो अप भिसाका लागि आवदेन दिन पाउनेछिन् ।

‘यो विशेष मुद्दा हो यसलाई सामान्यकरण गर्न सकिँदैन,’ नर्थ राइन–वेस्टफालिया (एनआरडब्लु) का इन्टिग्रेसन मिनिस्टर जोआचिम स्टामले भने, ‘यस निर्णयमा बालिकाको अधिकारमा ध्यान दिइएको थियो । विभसी जर्मनीमा जन्मिएर यहीँ नै हुर्किएकी थिइन्, त्यही भएर उनी ‘डि फ्याक्टो’ जर्मन नागरिक हुन् ।’

कानुनी तर अनुचित डिर्पोटेसन
विभसीका आमाबाबु सन् १९९८ मा जर्मनीमा आएका थिए । तर, शरणका लागि उनीहरुको आवेदन पटक–पटक अस्वीकार गरिएको थियो । त्यही भएर कानुनीरुपमा डिर्पोेटेसन सही थियो ।

कानुनी हुँदाहुँदै पनि विभसी पढ्ने विद्यालयका विद्यार्थी, विद्यालयका प्रतिनिधि, डुइसवर्गका मेयर सोरेन लिंक र मन्त्रि र एनआरडब्लुको पिटेसन कमिटीले जर्मनीको विदेश मन्त्रालयलाई यो अनुचित डिपोर्टेसनलाई सच्याउन दबाब दिएका थिए ।

मेयर लिंकका अनुसार स्कूलका विद्यार्थीहरुले गरेको प्रदर्शनले निर्णय सच्याउनमा ठूलो मद्दत गरेको डिडब्लु डटकमले जनाएको छ ।

उनले जर्मन सरकारले अब यस्ता अनुचित देश निकाला रोक्न नयाँ कानुन ल्याउनुपर्नेमा जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप