शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मारुनी बन्ने भइन् साम्राज्ञी

बुधबार, २६ मङ्सिर २०७५, ११ : ३४
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह मारुनी बनने भएकी छन् । 

उनको अभिनय रहने नयाँ चलचित्र ‘मारुनी’ औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा अभिनय रहने कलाकार सार्वजनिक गर्दै चलचित्र घोषणा गरियो ।

सामान्यतय चलचित्र घोषणा कार्यक्रम भन्दा भिन्न तरवरले आयोजित कार्यक्रममा कलाकार देखि निर्देशकसम्म र्याम्पमा उत्रिएका थिए ।

नवल नेपालको निर्देशन रहने चलचित्रमा साम्राज्ञीसँगै अभिनेता पुष्पल खड्का र नव अभिनेत्री रेविका गुरुङको मुख्य भुमिका रहने कार्यक्रममा जानकारी दिइयो । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ, सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीको पनि अभिनय रहनेछ । 

चलचित्र पुनम गौतमले निर्माण गर्न लागेका हुन् । पुनमले यस अगाडि ‘अझै पनि’ निर्माण गरेकी हुन् । माघ दोस्रो साताबाट छायांकनका लागि फ्लोरमा निस्कने चलचित्र दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक नेपालले बताए । उनले ह्ेपालले उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने सुनाए ।

फष्टलुक समेत सार्वजनिक गरिएको कार्यक्रममा चलचित्र  काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने जानकारी समेत दिइयो । 

त्रिकोणात्मक प्रेमकथा समेत रहेको चलचित्र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । अजय पोखरेल र राजा प्रधानको समेत चलचित्रमा लगानी रहने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप