बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मन्त्रीको सपथ ४ बजे

बुधबार, ११ साउन २०७४, १३ : १२
बुधबार, ११ साउन २०७४

काठमाडौं– नयाँ मन्त्रीहरुको सपथ चार बजे हुने भएको छ । राष्ट्रपतिको कार्यलयमा हुने सपथ समारोहका लागि सम्भावित मन्त्रिहरुलाई चार बजेका तयारी रहन प्रधानमन्त्रीको कार्यलयले खवर गरेपनि क्याविनेट बैठकको निर्णय भने हुन बाँकी रहेको प्रधानमन्त्रीका एक सहयोगिले बताए । समय तय गर्न मनित्रपरिषद बैठक बस्ने तयारी भैरहेको छ । ‘औपचारिक पत्र आइपुगेको छैन तर चार बजेका तयार रहन भनिएको छ ’ मन्त्रीको सपथ खाने तयारीमा रहेका एक जना सदस्यले रातोपाटीलाई बताए । उनका अनुसार नयाँ मन्त्रीको सपथ अघि क्याविनेट बैठकले समय तय गर्नेछ । 
जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका शेरबहादुर देउवाले २४ गते सानो आकारको आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । प्रधानमन्त्री देउवाले आज केही राज्यमन्त्रीसहित १९ जना मन्त्री थप्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप