कुसोम वार्षिक महोत्सवमा विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौँ – नेपालकै सबैभन्दा ठूलो मानिने शैक्षिक मेला ‘कुसोम वार्षिक महोत्सव (कुसोम एनुएल फेस्टिबल–केएएफ)’ २०१८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रेडक्रस सोसाइटीको सम्बद्धतामा कुसुमको प्राङ्गणमा महोत्सवका तीन उद्देश्य (नारा) अन्तर्गत ‘ह्वी केयर’ (हामी ख्याल गर्छौं), ‘ह्वी कोलावोरेट’ (हामी सहकार्य गर्छौं) र ‘ह्वि सेलिब्रेट’(हामी रमाउछौँ) भित्र रहेर डिसेम्बर ७ र ९ मा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम संयोजक सोनाली अग्रवाल भन्छिन्, ‘यस्ता कार्यक्रमले समाजमा एकता र सहगोगको भावनामा वृद्धि गर्छ । र, समाजमा एक अर्कासँग जाडिरहन मद्दत गर्छ ।’
यसबीच ‘डिसेम्बर बीट्स’ कार्यक्रम पनि सम्पन्न भएको छ । इभेन्ट क्लबको सहकार्यमा ७ सीजन अन्तर्गतका कार्यक्रममा ३०० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीले १४ वटा साङ्गीतीक प्रस्तुती दिएका थिए । त्यसैगरी आयुष श्रेष्ठ र आदर्श मिश्रले हाँस्यव्यंग्य प्रस्तुती पनि दिएका थिए ।
आयोजकका अनुसार महोत्सवमा विभिन्न कार्यक्रमहरु डिसेम्बर महिनाभर आयोजना हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने