बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मङ्गली कुमालको भीरबाट लडेर मृत्यु

बुधबार, २६ मङ्सिर २०७५, ०९ : २४
बुधबार, २६ मङ्सिर २०७५

कावासोती — नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा भीरबाट खसेर मङ्गलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

यसैबीच जिल्लामा गएराति छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा ना६ख ५२१७ नं को ट्रकमा लु१ह ८४० नं को अटोरिक्सा ठोक्किँदा अटोरिक्सा चालक मोरड मङ्गलबारेका ४३ वर्षीय छविलाल सुवेदी र उनकी श्रीमती ३४ वर्षीया गीता घाइते भएका छन् । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

यस्तै गैँडाकोट नगरपालिका–९ थुम्सिमा ना१क २२६ नं को ट्रकमा ना२३प १७३ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१० भैँसाखोरीका ४० वर्षीय होमनाथ कँडेल घाइते भएका छन् ।

उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप