शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैदेशिक रोजगार व्यवस्थित बनाउने प्रचण्डको प्रतिवद्ता

बुधबार, ११ साउन २०७४, १३ : ०४
बुधबार, ११ साउन २०७४

काठमाडौं– सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, प्रभावकारी र व्यवस्थित बनाउन सबैको सामूहिक पहलको आवश्यक्ता पनि जोड दिए । 
बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुसँगको सामूहिक भेटमा प्रचण्डले मुलुक भित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई आफू र आफ्नो पार्टीले प्राथमिकता दिएको पनि स्पष्ट पारे । 
अध्यक्ष दाहालले संविधान कार्यान्वयनको काम गुणात्मक चरणमा प्रवेश गरेको उल्लेख गर्दै अव मुलुक आर्थिक विकास र समृद्धिको दिशामा केन्द्रित हुने विश्वास पनि व्यक्त गरे । उनले आफ्नो पार्टी सामाजिक न्यायसहितको आर्थिक विकासको पक्षमा रहेको पनि बताए । त्यस अवसरमा संघका नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप