बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायक डेभिडले जन्मदिनमा ल्याए ‘इन्टिमेट’

बुधबार, ११ साउन २०७४, १२ : ५८
बुधबार, ११ साउन २०७४

काठमाडौं – गायक डेभिड शंकरले आफ्नो जन्मदिनको अवसर पारेर  एल्बम ‘इन्टिमेट’ ल्याएका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमका गर्दै एल्बम सार्वजनिक गरिएको हो ।


बरिष्ठ गायक प्रेमध्वज प्रधान, चुडामणि देवकोटा, संगीतकार राजु सिंह, महेश खड्का, विकास चौधरी, गायक तुलसी पराजुली, गतिकार शंकर अधिकार ‘घायल’, पत्रकार डब्बु क्षेत्री लगायतले एल्ब्म सामुहिक बिमोचन गरे । 


एल्बममा ‘म तिम्रो यादमा रुन पनि नसक्ने’, ‘तिमीले सुनेऊ र’, ‘आज आफ्नै जिन्दगीमा’, ‘आइकम बिकम’, ‘छम् पाउजुको तालैमा’ जस्ता पाँच गीत छन् । एल्वममा रहेका गीतमा डम्बर नेपाली, फराज अर्पण, बिकास चौधरी, शंकर अधिकारी ‘घायल’ र डेभिड आफैँको शब्द, संगीत रहेको छ ।


एल्बममा समाबेश ‘आइकम बिकम..’ बोलको गीतको भिडियो पनि देखाइएको थियो । फराज अर्पणले निर्देशन गरेको भिडियोमा डेभिडले नै अभिनय गरेका छन् । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर सांगीतिक क्षेत्रमा होमिएका गायक शंकरले २०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि समेत जितेका थिए । 

– सपनामा प्रेम ध्वज प्रधानलाई सधै देख्ने बताउदै गायक डेबिटले उनको हातबाट एल्बम सार्वजनिक गर्न पाउदा खुशी लागेको बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप