शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'सरकारले हामीजस्ता दुःखीका कुरा पनि सुन्छ होला नि!'

बुधबार, २६ मङ्सिर २०७५, ०७ : २०
बुधबार, २६ मङ्सिर २०७५

बनेपा — दुर्भाग्य पनि कस्तो ! आठ बर्षअघि कान्छो छोरोले विष खाएर आत्महत्या गरे । 

त्यसको डेढ बर्ष नपुग्दै पतिले पनि विषै खाएर संसार छाडे !

यो पीडाको घाउमा खाटा बस्दैथियो । 

फेरिक जेठो छोरोले पनि गत असारमा पासो लगाएर आफुलाई सिध्याए । 

लगातार एकपछि अर्को बज्रपात ब्यहोर्नुपर्यो, काभ्रेको बनेपा १३ भैंसेपाटीकी ४६ बर्षिया सावित्री भुजेलले । 

ललितपुरको धापाखेलस्थित थामागर परिवारबाट भैंसेपाटीको भुजेल परिवारमा आईपुगेकी सावित्रीले पढ्न लेख्न पाइनन् ।

 अर्काको ज्यालाबनी नगरी खान नपुग्ने उनले पढाउँनकै लागि कान्छो छोरालाई माईतमीमा पठाईन । र्माइतीले नि कान्छो नाति माया गरेर पढाईरहेका थिए । 

८ कक्षामा पढ्दैथियो । के भएर हो कुन्नी तरकारी बालीमा हाल्न ल्याएको विष खाएर बितेछ, सावित्री सुनाउँछिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप