शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अख्तियार छानबिनमा संसद सचिवालयः कानुनविपरीत २ करोड खर्च

बुधबार, २६ मङ्सिर २०७५, ०७ : ११
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ – सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवायलमा पत्र काटेको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित समितिका सभापतिको कार्यकक्ष निर्माण गर्न खरिद ऐनविपरीत सचिवालयले १ करोड ८५ लाख रुपैयाँ खर्च गरेकोबारे अख्तियारले संसदलाई दोस्रो पत्र काटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप