बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समिति बैठक बहाना बनाएर छल्दै मन्त्रीहरू

बुधबार, २६ मङ्सिर २०७५, ०६ : ४३
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं – सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्।

सांसदहरूले उठाएको जिज्ञासाको उत्तर दिनुपर्ने डरले मन्त्रीहरू ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिमै जान छाडेका हुन्। मन्त्रीले संसद्का समितिमा अनुपस्थित हुँदा संसदीय समिति सरकारको छायामा परेको छ।

समितिका सभापतिले पनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित गर्न सकेका छैनन्। मंसिरमा मात्रै संसद्का चार समितिमा मन्त्रीले बैठक छलेका छन्।,आजको नागरिक दैनिकमा यो खबर छ । 

दस दिनअघि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बोलाएको थियो। तर, कार्यक्रम जुधेको भन्दै मन्त्री ढकाल समिति बैठकमा गएनन्।

यस्तै खानेपानीमन्त्री बिना मगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि बिरामी भएको र अन्य ठाउँमा कार्यक्रम जुधेको भन्दै बैठक छलिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप