शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मर्यादाक्रम: श्रीमान् र श्रीमतीलाई समान सम्मान

बुधबार, २६ मङ्सिर २०७५, ०६ : ३६
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं — सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् । 

यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् । 

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । 

यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ । 

संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच विभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकाललको निष्कर्ष छ ।
 
८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड युनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उनको दाबी छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

२०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको संख्या २७ रहेको छ । 

यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा सहायक सेनानी पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप