शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

....त्यतिबेला म रोइरहें, सलमान हाँसिरहेः कट्रिना कैफ

बिहीबार, ०१ असार २०७४, १३ : २५
बिहीबार, ०१ असार २०७४

सलमान खान र कट्रिना कैफ सँगै भएपनि वा नभएपनि उनीहरु एक अर्काका लागि सधैं विशेष छन् ।

फिल्मफेयरका एडिटर जितेश पिल्लईसँगको एक अन्तर्वार्तामा ‘जग्गा जासूस’ स्टार कट्रिना कैफले सलमानसँगको आफ्नो सम्बन्धबारे कुराकानी गरिन् । सलमान सँग ‘टाइगर जिन्दा हे’ मा पुनः स्क्रिन स्पेस सेयर गर्ने तयारीमा रहेकी कट्रिनाले सलमान सधैं उनको गुरुको रुपमा उभिएको बताइन् ।

उनले भनिन्, ‘हामी सबैलाई थाहा  छ कि सलमानको मन कति ठूलो छ र उनी सबैको निकै मद्दत गर्दछन् । तर मेरा लागि उनले सबैभन्दा राम्रो काम के गरे  भने उनले मेरो बाटो सजिलो बनाउने कोसिस गरेनन् । उनले सधैं मलाई आफ्नो समथ्र्य देखाउका लागि प्रोत्साहित गरे ।’

जब उनलाई सलमान सँग उनको सबैभन्दा रमाइलो र नरमाइलो पल कस्ता थिए भन्ने प्रश्न सोधियो तब उनले यसबारे थाहा पाउनका लागि अर्को भिन्न कार्यक्रम बनाउनु पर्ने बताइन् ।

तर पछि कट्रिनाले सुरुवाती दिनमा उनलाई सलमानले हिम्मत बनेर उत्रिएको भन्दै एउटा घटना वर्णन गरिन् । उनले भनिन्, ‘उनलाई सधैं ममाथि भरोसा थियो । म ‘साया’ मा काम गरिरहेको थिएँ । अनुराग बसु निर्देशक थिए, जोन अब्राहम हिरो थिए र म फिल्मकी एक पात्र थिएँ । एक रात मलाई एक शटका लागि बोलाइयो । त्यो एक साइलेन्ट शट थियो र मैले त्यसमा भूतको भूमिका निभाउनु थियो । त्यो एक पासिङ सट थियो । २ दिन पछि सुट गरेपछि पछि मलाई फिल्मबाट निकालिएको भन्ने जानकारी दिइयो । कोठाबाट निस्किने बित्तिकै म रुन थालें । मेरो आँखा सुन्निएको थियो ।’

उनले थपिन्, ‘दिउँसो मैले सलमानलाई भेटें । म रोइरहेकी थिएँ र उनीभने हाँसिरहेका थिए । मैले त्यतिबेला सोचें कि उनी कति नराम्रो व्यक्ति हुन् भनेर । मेरो पहिलो फिल्मले मलाई निकालिदिएको थियो । म समाप्त भइरहेको थिएँ र उनी भने हाँसिरहेका छन् ? त्यसपछि उनी शान्त भए र मलाई सम्झाउन थाले । उनले भने, ‘तिमी बुझ्दैनौं । यो कुनै ठूलो कुरा होइन । मलाई थाहा छ तिमी कति अगाडिसम्म पुग्छौ । यस्तो कुरा भइरहन्छन् । यस्तो किन हुन्छ, त्यो म भन्न सक्दिनँ तर अगाडि बढेपछि तिमी आफैंलाई थाहा हुन्छ कि यस्ता कुरा सामान्य हुन्छन् । आफ्नो ध्यान केन्द्रित गरिराख र कडा मेहनत गर ।’

अली अब्बास जफरका निर्देशक ‘टाइगर जिन्दा हे’ को सुटिङ चलिरहेको छ । यो फिल्म यस वर्षको डिसेम्बरमा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप