कर्मचारी समायोजन नहुँदासम्म सरुवामा रोक
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ ।
मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन शुरु भएकाले समायोजन नसकिदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गरेकी थिइन् ।
मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको उनले जानकारी गराए । राष्ट्रिय किताबखानामा रहेको कर्मचारी विवरणमा उल्लेखित मोबाइल नम्बरमा आआफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएस पठाइएको छ ।
समाजोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिन समेत आग्रह गरेको छ । उनले सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी आफू खटिएको कार्यालयमा शुक्रबारभित्र हाजिर भई त्यसको जानकारी मन्त्रालय र राष्ट्रिय किताबखानालाई समेत एसएमएसमार्फत गराउन निर्देशन दिएको बताए ।
मन्त्रालयले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई १० दिनभित्र समायोजनको पत्र लिई सोको जानकारी गराउन समेत निर्देशन दिएको छ ।
मन्त्रालयले समायोजनको काम सम्पन्न गर्न सहजीकरण गर्न स्थानीय तहलाई समेत आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । सरकारको पुष मसान्तसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ