शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली फलोअपका लागि अस्पतालमा

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : ५६
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर स्वास्थ्य  फलोअपका लागि आज अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा फलोअपका लागि पुगेका हुन् । 

फलोअपका क्रममा प्रधानमन्त्री ओलीको मुटुको अवस्था जाँच गरिएको छ । सो क्रममा उनको इसिजी र  इको गरिएको अस्पताल श्रोतले जनाएको छ । 

चिकित्सकको सल्लाह अनुसार प्रधनमन्त्री ओली मंगलबार फलोअपका लागि अस्पताल पुगेका हुन्। ओलीलाई अर्को फलोअपका लागि तीन महिनापछि आउन चिकित्सकले सल्लाह दिएको जनाइएको छ । 

ओली कात्तिक १२ गते अस्पताल भएर  ४ दिनपछि डिस्चार्ज भएका थिए। प्रधानमन्त्री ओलीले बेला बेलामा स्वास्थ्य जाँच गराउदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप