शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यमनी सरकार र विद्रोहीबाट करिब १५ हजार कैदीको नाम सार्वजनिक

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : ५१
मङ्गलबार, २५ मङ्सिर २०७५

रिम्बो । संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा भइरहेको यमनको सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान गरेका छन् । 

वार्ता शुरू भएको ठीक एक हप्ता पुग्दा उनीहरूबीच कतिपय बिषयहरूमा सहमतिको सम्भावना देखिएको छ भने केही बिषयमा दुवै अडानमा अडिग देखिएका छन् । 

यमनी राष्ट्रपति अबेद्रब्बो मन्सुर हाडी र राज्यको उत्तरी क्षेत्रमा पकड कायम रहेको हुथी विद्रोहीबीच सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा दश हजारभन्दा बढी ब्यक्तिको ज्यान गएको राष्ट्रसंघ  तथ्याङ्क रहेको छ । 

तर यमनबारे चासो राख्दै आएका विभिन्न अधिकारवादी समूहहरूले यमनमा द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या उक्त सङ्ख्याको पाँच गुणा बढी रहेको बताउने गर्छन् । 

यमनमा द्वन्द्वका कारण करिब एक लाख ४० हजार नागरिकले भोकमरीको चरम सङ्कट व्यहोर्दै आएका छन् । 

यमनी हुथी विद्रोहीले वार्तामा दुबै पक्षबाट द्वन्द्वका कारण पिडित बनेका जम्मा १५ हजार कैदीहरूको नाम सार्वजनिक भएको घोषणा गरेको छ भने सरकारी प्रतिनिधिमण्डलले आफ्नोतर्फबाट आठ हजार कैदीको नाम सार्वजनिक गरेको बताएको छ । यद्यपि संयुक्त रूपमा कति नामहरू सार्वजनिक भए प्रतिक्रिया दिन चाहेन । 

दुवै पक्षलाई नाम दोहोरायर हेर्न आगामी दुई हप्ताको समय दिइएको छ । स्वीडेनमा भएको वार्ता यमनी विद्रोहीसँगको पहिलो वार्ता हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप