मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा र बुटवलका दर्शकले रुचाए ‘प्रेम गीत २’

बुधबार, ११ साउन २०७४, १२ : ५१
बुधबार, ११ साउन २०७४

पोखरा – शुक्रबारबाट देशभरभर प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत २’को मोफसलमा बिषेश शो गरिएको छ । क्यूएफएक्स पोखरा र भ्यूज बुटवलमा गरिएको बिषेश शोमा चलचित्रका कलाकार प्रदीप खड्का र अश्लेषा ठकुरीको साथमा निर्देशक रामशरठ पाठक र निर्माता तथा कलाकार सन्तोष सेन समेत सहभागी थिए ।

रोमान्टिक चलचित्र प्रेमगीत २ ले बिषेश शोमा त्साहजनक दर्शक समेत पाएके छ । पोखरा घरेलु चलचित्रका लागि दोस्रो ठूलो बजार हो र बुटवल चौंथो । दुबै थलोमा प्रेमगीत २को बिषेश शोमा उत्साहजनक दर्शक देखिएको निर्माता सन्तोस सेनले बताए । 

चलचित्र हेरेपछि एकजना पोखरेली दर्शक अविनाश पौडेल लेख्छन् ः ‘चलचित्रमा प्रस्तुत मिलन, बिछोड, द्धन्द्ध अनि संगीतले छुट्टै मिठास बोकेको छ । समग्रमा भन्नुपर्दा प्रेमगीत २ एउटा सम्पूर्ण चलचित्र हो जसले हलभित्र बस्दाको समय पूर्ण मनोरञ्जन गराउँछ ।’

निर्देशक पाठकले दर्शकीय सन्तुष्टि र प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए । उनले दुबै शोमा प्रदर्शनमा दर्शकसँगै समय बिताए । प्रिमियरमा प्रदीप क्रेज धेरै देखियो । खास गरेर किशोरी बीच उनी लोकप्रिय प्रस्तुत भए । 

शुक्रबार मुलुकका ८० भन्दा बढि पर्दाबाट चलचित्र लाग्ने वितरक गोविन्द शाहीले बताए । ‘हलमात्र होइन, पैसा कमाउने चलचित्र प्रेमगीत २ भन्ने उनको दाबी रहँदै आएको छ । 


सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने चलचित्र भित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवतीको नेपाली युवकसँग बसेको प्रेम नै चलचित्रले देखाउने प्रयास गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप