शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खड्गकुमारी थापाको निधनप्रति काङ्ग्रेसद्वारा शोक व्यक्त

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : १८
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ । नेपाली काङ्ग्रेसले शहीद क्याप्टेन यज्ञबहादुर थापाकी धर्मपत्नी ८३ वर्षीया खड्गकुमारी थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । 

आज विज्ञप्ति जारी गरी स्वर्गीय थापाको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरेको छ ।

‘नेपाली काङ्ग्रेस उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति नेपाली काङ्ग्रेस हार्दिक समवेदना प्रकट गर्दछ,’ काङ्ग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

थापाको गएराति ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ः३० बजेसम्म सुमेरु अस्पताल, धापाखेलमा श्रद्धाञ्जलीका राखिने र अपराह्न पशुपति आर्यघाटमा दाहासंस्कार गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप