बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नौ वर्षदेखि फरार अपराधी पक्राउ

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : १६
मङ्गलबार, २५ मङ्सिर २०७५

दोलखा । दोलखा प्रहरीले विगत नौ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ । 

जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महिना १४ दिन कैद सजाय तोकिएकामा हालसम्म फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई पक्राउ गरिएको हो । 

जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई आज घर नजीकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका जिरेललाई आज नै अदालत दाखिला गराई कैद भुक्तानका लागि कारागार पठाइएको छ । प्रहरीले यहाँ विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका ३१ जना अपराधीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागी जिल्ला अदालतमा बुझाएको छ ।

तीमध्ये हालसम्म थोरैमा रु २५ देखि धेरैमा रु सात हजार जरिवाना तोकिएको र थोरैमा २५ दिनदेखि धेरैमा ४ वर्षसम्म कैद सजाय तोकिएका अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप