शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एण्ड्रीजले नेपालमा मनायो ‘सेवाग्राही दिवस २०१८’, जलविद्युतको क्षेत्रमा एण्ड्रीजको योगदानको चर्चा

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : १७
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं । जलबिद्युत क्षेत्रका सेवाग्राहीहरुसंग अन्तरक्रिया गर्नका लागि अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले तेस्रो सेवाग्राही दिवस काठमाडौँमा मनाएको छ । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र नेपाल र भारतको  लागि ऑस्ट्रियाका राजदुत उनको महामान्यब्रिगेट ओपिंगरको उपस्थिति थियो ।

एण्ड्रीजले नेपालको जलबिद्युत क्षेत्रमा पुर्याएको योगदान र यस  क्षेत्रमा देखाएको प्रतिवद्दताको सराहना गर्दै मन्त्री पुनले नेपालको विकासमा एण्ड्रीजको साथ दसकौं अगाडी देखि रही आएको र हालसम्म यस संस्थाद्वारा जडान १४४ मेगावाट जलविद्युत आयोजनाले यस अघि देखि नै उत्पादन गरिरहेको तथा हाल निर्माणाधीन समग्र २००० मेगावाट मध्ये ७५७ मेगावाट क्षमताका आयोजना रहेको बताए ।

हालको समयमा एण्ड्रीजले राष्ट्रिय गौरवको जलबिद्युत आयोजना माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमता, मध्य भोटेकोशी  १०२ मेगावाट क्षमता लगायत अन्य थुप्रै आयोजनाहरुमा सफलताका साथ कार्य गरिरहेको छ। यस संस्थाले सम्पन्न गरेका कुलेखानी, मध्य मर्स्यांदी तथा चिलिमे जलबिद्युत आयोजनाहरु एक दसक भन्दा लामो समय देखि अविछिन्नरुपले संचालनमा रहेका छन्।

संस्थाका भारत, दक्षिण पुर्बी एशिया, ऑस्ट्रेलिया तथा न्युजिल्याण्ड प्रान्तीय प्रमुख जोसेफ उल्मरले नेपालको जलबिद्युत विकासमा अविछिन्नरुपले योगदान पुर्याउन पाएकोमा गौरवान्वित महसुस गर्दै आगामी दिनहरुमा सोहि बमोजिम निरन्तरताको प्रतिबद्दता ब्यक्त गरे ।

नेपालमा आफ्नो निरन्तर उपस्थितिलाई अझ मजबुत बनाई आफ्ना सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि सन् २०१७ देखि बिक्रि, सेवा तथा आयोजना ब्यवस्थापनको योग्य  टिमरहेको कार्यालय काठमाडौँ मा स्थापना गरिएको जानकारी पनि गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप