शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

मङ्गलबार, २५ मङ्सिर २०७५, १९ : ०५
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ । विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । 

बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । 

सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे । 

देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत ऋण प्रदान गरिने बताइएको छ । 

यो कार्यक्रमसँगै किसान क्रेडिट कार्डसमेत शुरु हुने जनाइएको छ । कार्यक्रम अवधिभर छ हजारलाई वित्तीय साक्षरता दिइने बैंकले जनाएको छ । 

यसअघि नै कार्यक्रम शुरु भइसकेको दाङ लमही नगरपालिकाको कर्मठ सामाजिक उद्यमी महिला सहकारीका शेयर सदस्यद्वय नेत्र बस्नेत र गङ्गा घर्तीले बिना धितो वित्तीय संस्थाबाट ऋण पाएपछि सहज रुपमा उद्यम गरी स्वरोजगार हुन सकिएको अनुभव सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप