शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेहोस नपारी ट्युमर निकाल्न नेपाली चिकित्सक सफल

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : ५६
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ । मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् । 

बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी उनको पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप