शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अबको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड दिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : ५६
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुुलुकको समृद्धि अनुकूल हुनेगरी परराष्ट्र सम्बन्ध विकास गर्न आफू लागि परेको बताएका छन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले विश्व मानचित्रमा नेपालको छविलाई झनै उजिल्याउने गरी सरकारले परराष्ट्र सम्बन्धको विकास गरिरहेको दावी पनि गरे । मंगलबार परराष्ट्र मन्त्रालयको पछिल्ला कामको विवरण सार्वजनिक  गर्दै उनले वर्तमान सरकारले छिमेकलगायतका अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सहज बनाएको दावी पनि गरे । परराष्ट्रमन्त्री ज्ञवालीले अबको नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड दिने योजना पनि सुनाए ।

परराष्ट्रमन्त्री ज्ञवालीले ओझेलमा परेको नेपालको विकास, समृद्धि र न्यायलाई गतिशील बनाउने गरी कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले नौं महिनाको अवधिमा परराष्ट्र सम्बन्धलाई बलियो बनाउन आफू सफल भएको दावी पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप