शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाज प्रकाश श्रेष्ठ

मङ्गलबार, २५ मङ्सिर २०७५, १८ : ५०
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउसकोसंचालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।

हाउसको ११९ औं संचलाक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुका तर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।

यस अघि संचालक रहेका सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोन्नती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पदहरु रिक्त रहेको थियो ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंकको तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप