शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका गाउँपालिका केन्द्रहरुमा अस्थाई प्रहरी चौकी निर्माण हुँदै

मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : ३८
मङ्गलबार, २५ मङ्सिर २०७५

रामहरि श्रेष्ठ 

ओखलढुंगा– ओखलढुंगामा बैंकिङ कारोवार सुरु भएका स्थानीय तहहरुमा अस्थाई प्रहरी चौकी धमाधम स्थापना हुन थालेका छन् । गाउँपालिकाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै बैङ्क पुगेका स्थानीय तहहरुमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको हो । केही समयअघि ओखलढुंगाको मोलुङ गाउँपालिकाको केन्द्र प्रप्चामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । बुधबार लिखु गाउँपालिकाको केन्द्रमा स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तहको व्यवस्थापन रहनेगरी स्थापना भएका प्रहरी चौकीहरुमा एक केन्द्र बराबर ५ जना प्रहरी जवान खटाइने छ । गाँउपालिकाको केन्द्रबाट हुने आर्थिक, मानवीय तथा प्रशासनिक काममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै अस्थाई प्रहरी चौकी स्थापना गरिएको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

केही समयअघि लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि मध्यरातमा सांघातिक आक्रमण भएपछि स्थानीय तहका जनप्रतिनिधिहरु क्रसमा रहेका थिए । त्यस्तै गाँउपालिका तहमा खटाइएका बैंक तथा वित्तिय संस्थाहरुले पनि शान्ति सुरक्षालाई लिएर स्थानिय तहमा जना आनाकानी गरिरहेका थिए । अब भने सबै स्थानीय तहमा धमाधम अस्थाई प्रहरी चौकी स्थापना भएपछि त्यस क्षेत्रका नागरिक, जनप्रतिनिधि तथा वित्तिय संस्थाहरुले समेत सुरक्षित महशुस गर्न थालेका छन् ।

एक नगरपालिका सहित सात गाउँपालिका रहेको ओखलढुंगामा ३ ओटा स्थानीय तहमा बैङ्क पुग्न सकेको छैन । बैङ्क पुग्न नसक्ने गाउँपालिकाहरुमा चिसंखुगढी, चम्पादेवी र सुनकोशी गाँउपालिका रहेका छन् । त्यस्तै अस्थाई प्रहरी चौकी स्थापनाको प्रकृयामा रहेका गाँपालिकाहरुमा चम्पादेवी र सुनकोशी रहेका छन् । यी गाँउपालिकाहरुमा पनि यथाशीघ्र स्थाई प्रहरी चौकी स्थापना गरीने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप