शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

योगीको विमानद्वारा जनकपुरमा परीक्षण उडान

मङ्गलबार, २५ मङ्सिर २०७५, १७ : ११
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउनु एक दिनअघि भारतीय विमानले जनकपुरमा परीक्षण उडान सम्पन्न गरेको छ। 

उत्तर प्रदेशको राजधानी लखनउबाट उडेको भारतीय विमान जनकपुर विमानस्थलमा मंगलबार बिहान जनकपुरमा अवतरण गरेको हो ।

विमान नेपालमा अवतरण भएको केही समयपछि फेरि लखनउ फर्किएको छ।

उडान भरेको उक्त विमान करिब १ घन्टाको समयमा लखनउबाट जनकपुर आइपुगेको थियो।

भोलि त्यही विमानबाट एक जना इन्जिनियर सहित चार जना चालक दल र मुख्यमन्त्री योगीसहित ५ जना प्रतिनिधि मण्डल आउने छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप