बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा झडप, ८ प्रहरीसहित ११ तालिवानको मृत्यु

मङ्गलबार, २५ मङ्सिर २०७५, १६ : ११
मङ्गलबार, २५ मङ्सिर २०७५

कान्दाहार– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीमा ८ प्रहरी अधिकारी मारिएका छन् ।  यस झडपको क्रममा ११ तालिवान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । 

कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा आएका सशस्त्र लडाकूहरुले आक्रमण गरेका थिए ।  सो आक्रमणमा क्रममा सरकारी सुरक्षाबल र लडाकूबीच भीषण झडप भएको प्रान्तीय सरकारका प्रवक्ता आजिज अहमद आजिजले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

तालिवान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा हाल सुरक्षा व्यवस्थामा राम्रो सुधार आएको छ । तर पनि तालिवान लडाकू समूहले सरकारले सुरक्षा बढाएको प्रान्तहरुमा बारम्बार आक्रमण गर्दै आएका पाइन्छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप