शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेइए सदस्यहरुको अनिवार्य बीमा योजना’ इन्जिनियरीङ्ग क्षेत्रकै नमूना होः प्रदिप अधिकारी (प्रदेश ३ का सचिवका उम्मेदवार)

मङ्गलबार, २५ मङ्सिर २०७५, १५ : १४
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं – नेइए सदस्यहरुको अनिवार्य सामुहिक बीमा योजनाको प्रतिवद्धता व्यक्त गर्नु इन्जिनियरीङ्ग क्षेत्रकै नमूना भएको दावी प्रदेश ३का प्रगतिशील समूहका सचिव पदका उम्मेदवार प्रदिप अधिकारीले बताएका छन् । 

आम इन्जिनियरहरुको हकहीतको संरक्षण, इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउंदै पेशागत क्षमता अभिवृद्धि, रोजगार प्रवर्धन, गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा, नीतिगत सुधार, सहकार्यको प्रतिवद्धता सहित चुनावी मैदानमा उत्रिएको अधिकारीले बताए । 

त्यसैगरी, पेशागत क्षमता अभिवृद्धि अन्तर्गत इन्जिनियरिङ्ग स्टाफ कलेज स्थापना गरिने महत्वाकांक्षी योजना अघि सार्नुका साथै डिभाइन अटोमेसनको प्रविधिलाई प्रोत्साहन गर्ने, विज्ञ इन्जिनियरहरुलाई विकास निर्माणमा नेतृत्वदायी भूमिकाका लागि हस्तक्षेपकारी पहल गरिने, विज्ञान, प्रविधि र अनुभव हस्तान्तरणमा बिशेष जोड दिने योजना पनि अधिकारीले अघि सारे । 

इन्जिनियरिङ क्षेत्रमा ब्यापक सुधारका साथै समृद्ध नेपाल बनाउने अठोटका साथ दुईवटा मुख्य दुई राजनीतिक दलसंग सम्वद्ध प्रजातान्त्रिक र प्रगतिशील समूहका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनको सबै विधाका नेपाली इन्जिनियरहरु र आर्किटेक्टहरुको प्रतिनिधित्व गर्ने दाबी पनि गरिरहेको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ३२औं केन्द्रीय कार्यकारिणीको निर्वाचन यही मंसिर २८ गते हुँदैछ । देश संघीयतामा प्रवेश गरेसँगै पहिलोपटक हुन गईरहेको चुनावबाट एशोसियएसनको केन्द्रीय र सात प्रादेशिक कार्य समितिहरुको चुनाव हुन लागेको हो । कुल १७ हजार १५४ मतदातामध्ये १३ हजार प्रदेश नं ३ मा मात्रै छन् । त्यसमा पनि विशेष गरी काठमाण्डौं उपत्यकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप