शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारले दियो दलित विद्यार्थीलाई साढे ३ लाख

मङ्गलबार, २५ मङ्सिर २०७५, १५ : ०८
मङ्गलबार, २५ मङ्सिर २०७५

जनकपुर– दुई नम्बर प्रदेश सरकारले आज तीन दलित विद्यार्थीलाई  अध्ययन गर्नको लागि भन्दै साढे ३ लाख रुपैयाँ उपलव्ध गराएको छ  । सरकारले आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत ३ दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेको हो ।  

मुख्यमन्त्री लालबाबु राउतले आज मंगलबार तीनै जना विद्यार्थीहरुलाई साढे ३ लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरि अध्ययनको लागि सहयोग गरेको प्रदेश सरकारले जनाएको छ ।

रकम हस्तान्तरण क्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँल सहितको उपस्थिति रहेको थियो । नेशनल मेडिकल कलेज वीरगञ्जमा छात्रवृतिमा नाम निकालेका तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोग पाउनेहरुमा सप्तरीको छिन्नमस्ता गाँउ पालिका वडा नम्बर २ बस्ने दिनेश मरिक डोम, सर्लाही इश्वरपुर नपा १ बस्ने रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् ।

नेशनल मेडिकल कलेज वीरगञ्जमा बीबीएसमा अध्ययनरत रुकेशकुमार राम (दोस्रो वर्ष), प्रमोदकुमार राम (तेस्रो वर्ष) र दिनेश मरिक (पहिलो वर्ष) लाई छात्रवृत्ति दिइएको हो । तीनै जनालाई साढे तीन लाख रुपियाँ छात्रवृत्ति उपलव्ध गराइएको छ । रुकेश र प्रमोद दाजुभाइ हुन् ।

यसैबीच उपचार खर्चको आभावमा अपांग भएका महोत्तरी पिपराका शम्भू मिश्रलाई प्रदेश सरकारले उपचारको लागि ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप