शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनसम्म उठेन शव

मङ्गलबार, २५ मङ्सिर २०७५, १३ : ३८
मङ्गलबार, २५ मङ्सिर २०७५

लमही– दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् । चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करिब ६० वर्षीय मानबहादुर पुन मगरको शव फेला परेको थियो । 

उक्त शव अहिले लमही अस्पतालको शव गृहमा राखिएको छ । अहिले आफन्तलाई खबर गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप