बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

बुधबार, ११ साउन २०७४, १२ : ३१
बुधबार, ११ साउन २०७४

पोखरा । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । 

सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । 

कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ भनी आफ्नी छोरी मनिकालाई सेती नदीको डिलमा लिएर गएकोमा त्यतिकैमा उनी एकाएक नदीमा हामफालेका थिए । 

छोरीको हारगुहारपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले खोजी गरेपनि रातिसम्म भेट्टाउन नसकिएको र आज पनि खोजी कार्य जारी राखिने प्रहरी नायब उपरीक्षक खत्रीले बताए। 

डुबेका छात्र फेला
यता, विराटनगरस्थित केशलिया खोलामा डुबेका छात्र आज मृतावस्थामा फेला परेका छन् । 

विराटनगर–१२ बखरीका चन्द्रकुमार राईका १५ वर्षीय छोरा सञ्जीव राई सो खोलामा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर बेपत्ता भएका थिए । 

विराटनगरस्थित सगरमाथा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत राईलाई स्थानीयवासीले डुबेकै ठाउँमा बालुवाले पुरिएको अवस्थामा फेला पारेको मृतकका काका राजकुमार राईले जानकारी दिए । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप