शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कम्पनी रजिष्ट्रारको कार्यालयमा ईपेमेन्ट सेवा सुरु

मङ्गलबार, २५ मङ्सिर २०७५, १३ : ०३
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा ईपेमेन्ट सेवा सञ्चालन गरिएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो । सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यो सेवाले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पुर्ण काम कार्वाहीलाई पारदर्शी बनाउने विश्वास व्यक्त गरे ।

उनले कम्पनी रजिष्ट्रारको कार्यालयलाई आफ्नो कार्य सम्पादनमा पनि यसले सहज बनाउने उल्लेख गरे । त्यस अवसरमा मन्त्री यादवले श्रमको सम्मान गर्ने परिपाटीले मात्रै यस्ता सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकिने पनि बताए ।

कार्यक्रममा बोल्दै सो कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले सेवाग्राहीलाई सहज बनाउन ईपेमेन्ट सेवा सञ्चालन गरिएको बताए । हाललाई इपेमेन्ट सेवामार्फत् १ लाखसम्म पेमेन्ट गर्ने व्यवस्था गरिएको छ ।  चालू आर्थिक वर्षभित्र सबै आर्थिक कारोबार इपेमेन्टमार्फत् गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयको योजना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप