शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गिरोनालाई विल्बाओको झट्का

मङ्गलबार, २५ मङ्सिर २०७५, ११ : ५०
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी – स्पेनिस ला लिगाको मध्यक्रममा रहेको गिनोनालाई रेलिगेसनमा रहेको एथ्लेटिक बिल्बाओको नमिठो झट्का लागेको छ । ला लिगा अन्तर्गत सोमबार राती भएको १५औं चरणको अन्तिम खेलमा बिल्बाओले गिरोनालाई १–० गोलले हरायो । 

घरेलु मैदानमा भएको खेलमा बिल्बाओले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत निर्णायक गोल गरेको थियो । बिल्बाओका लागि आर्तिज अदुरिजले गोल गरे । गिरोनाका रक्षकले पेनाल्टी एरियामा बिल्बाओका जोनास रामालोलाई फल खेलेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । 

पहिलो हाफमा केही राम्रो गोल गर्ने अवसर बनाएको गिरोना दोस्रो हाफमा फिका देखिएको थियो । घरेलु टोलीले खेलको अन्तिमसम्म शसक्त प्रदर्शन गर्दै तीन अंक खोसेको थियो । यस हारले गिरोनाको माथिल्लो स्थानमा पुग्ने योजनामा नराम्रो धक्का लागेको छ । 

यसअघि २१ अंक बनाएको गिरोना तालिकाको नवौं स्थानमा छ । जितसँगै १४ अंक बनाएको बिल्बाओले अझै रेलिगेसन लाइन छल्न सकेको छैन । बिल्बाओ १७औं स्थानमा छ । 

शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३१ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका सेभिल्ला र एट्लेटिको म्याड्रि«डले समान २८ अंक बनाएका छन् । यस सिजन कमजोर देखिएको रियल म्याड्रि«ड २६ अंकका साथ चौथो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप