‘आप्पा’मा ड्राइभर बने दयाहाङ
काठमाडौं – अभिनेता दायाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को फष्टलुक सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको प्रदर्शन मितिसँगै फष्टलुक सार्वजनिक गरेको हो ।
कार्यक्रममा दयाहाङले चलचित्रमा ड्राइभर र पिताको भूमिका निर्वाहा गरेको जानकारी दिइयो । चलचित्रको प्रदर्शन मिति आगामी नयाँ बर्षको २४ जेठ तोकिएको छ ।
चलचित्रमा दयाहाङले ड्राइभर र एक पिताको भूमिका निर्वाह गरेको कार्यक्रममा जानकारी दिइयो ।
दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको मुख्य भूमिका रहेको चलचित्र रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता माबो हाङ रहेका छन् ।
चलचित्र अनमोल गुरुङले निर्देशन गरेका हुन् । अनमोलको यो पहिलो चलचित्र हो ।
कार्यक्रममा निर्देशकसमेत रहेका कलाकार तुलसी घिमिरेले नयाँ पुस्तासँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताउँदा दयाहाङले चलचित्रमा पितासँगै ड्राइभरको भूमिका निभाएको सुनाए ।
शैलेन्द्र डि. कार्कीको छायाँकन रहेको चलचित्रको अधिकांश छायाँकन भारतको कालेबुङमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री प्रचण्ड
-
ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार
-
‘गाउँ आएको बाटो’ १२ औँ बेइजिङ अन्तर्राष्ट्रिय सिने महोत्सवमा छनोट
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ