शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहिद कपुरलाई क्यान्सर लाग्यो ? यस्तो भन्छन् नायक

मङ्गलबार, २५ मङ्सिर २०७५, ०९ : ५५
मङ्गलबार, २५ मङ्सिर २०७५

बलिउड नायक शाहिद कपुरलाई पेटको क्यान्सर भएको खबर गत हप्ता निकै भाइरल भयो । शाहिदले सोमबार यो खबर खण्डन गरेका छन् । उनले आफ्नो आधिकारिक ट्वीट अकाउन्टमा । उनले लेखेका छन्, ‘म पूर्ण रुपमा ठिक छु, स्वस्थ छु । कृपया यस्तो कुनै पनि खबर विश्वास नगर्नुहोस् ।’

परिवार मिडियासँग रुष्टः

यसबारे वास्तविकता जान्नका लागि सम्पर्क गर्दा शाहिदको परिवार निकै रिसाएको भारतीय मिडियाले बताएको छ ।  उनीहरुको भनाई उद्धृत गर्दै एक भारतीय मिडियाले लेखेको छ, ‘मानिसहरु यस्तो समाचार कसरी लेख्न सक्छन् । आखिर यो खबरको आधार के हो ? यस्तो प्रकारको अफवाह फैलाउनुलाई कसरी जायज भन्न सकिन्छ ?’

स्रोतका अनुसार शाहिर कपुरकी म्यानेजर आकांक्षाले पनि यो खबर गलत बताएकी छिन् । आकांक्षाका अनुसार यसबारे जब शाहिदलाई थाहा भयो तब उनी निकै हाँसेका थिए । शाहिद आजकाल फिल्म कबिर सिंहको सुटिङ गरिरहेका छन् जुन सन् २०१९ मा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप