बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ईशा अम्बानीको संगीतमा सलमान खान बने ‘ ब्याकग्राउन्ड डान्सर’

मङ्गलबार, २५ मङ्सिर २०७५, ०९ : ५१
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी – रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको संगीतमा सलमान खान ‘ ब्याकग्राउन्ड डान्सर’ बनेका छन् । 

आइतबार राजस्थानको उदयपुरमा भएको कार्यक्रममा बलिउड अभिनेता सलमानले मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको ‘ब्याकग्राउन्ड डान्सर’ बनेर नाँचेका हुन् । 

अनन्त कुमार शाहरुख खानको गीत ‘कोही मिल गया’ मा नाँचेका थिए । उक्त नाँचमा सलमान अनन्तको पछाडि नाचिँरहेका थिए । 


 
बलिउडका अभिनेता तथा अभिनेत्रीको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अमिर खान, उनकी श्रीमती किरण राव, कैटरीना कैप, आलिया भट्ट, अभिषेक बच्चन, जया बच्चन, ऐश्वर्या राय र उनकी छोरी आराध्या, करण जौहर, सलमान खान, परिणीति चोपडा,  अनिल कपूर र उनकी श्रीमती सुनीता, बोनी कपूर र उनकी छोरी जान्हवी र खुशी, सिद्धार्थ राय कपूर र उनकी श्रीमती विद्या बालन, जोन अब्राहम र उनकी श्रीमती प्रिया रुन्चल, रोनी स्क्रूवाला र उनकी श्रीमती जरीन, करिश्मा कपूर, वरुण धवन, करण टेकर र राल्फ र रूसी डिजाइनर तमारा राल्फलाई विशेष स्वागत गरिएको थियो । 

यसका साथै अमेरिकाकी पूर्व प्रथम महिला हिलारी क्लिन्टन, नवविवाहिता प्रियंका चोपडा र उनका श्रीमान अमेरिकी गायक निक जोनस, क्रिकेट स्टार सचिन तेन्डुलकर र उनकी श्रीमती अन्जली, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र उनकी श्रीमतीसहित देशका मुख्य राजनीतिक नेताहरु पनि कार्यक्रममा उपथित थिए । 
 
 ईशा अम्बानीको संगीत कार्यक्रममा सलमान, शाहरुख खान, अमिर खान, कैटरीना कैफ र ऐश्वर्या राय लगायतले आफ्नो प्रस्तुती दिएका थिए । 
 
अम्बानी व्यवसायी आनन्दसँग यही डिसेम्बर १२ मा विवाह बन्धनमा बाँधिदै छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप