बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इपिएलः आज दुई खेल

मङ्गलबार, २५ मङ्सिर २०७५, ०९ : ०७
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ — एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ । 

पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेतासमेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो । 

पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने बाध्यता छ । विराटनगरविरुद्ध पराजित भएमा पोखरा समूह चरणबाटै बाहिरिनेछ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । 

अजै हुने दोस्रो खेलमा शरद भेषवाकरको भैरहवा र पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । 

चितवनविरुद्ध मैदान उत्रदा भैरहवा लगातार दोस्रो जितको योजनामा हुनेछ । अघिल्लो संस्करणको उपविजेतासमेत रहेको भैरहवाले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन पनि दुई खेलमा पराजित भइसकेको छ । चितवन पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप