शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एभर्टनलाई घरमै वाटफोर्डको धक्का

मङ्गलबार, २५ मङ्सिर २०७५, ०९ : ००
मङ्गलबार, २५ मङ्सिर २०७५

एजेन्सी — इङ्लिस प्रिमियर लिगको मध्यक्रममा रहेका एभर्टन वाटफोर्डसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा वाटफोर्डसँग २–२ गोलको बराबरीमा रोकिएपछि एभर्टनको माथिल्लो स्थान ओगट्ने योजनामा धक्का लागेको छ ।

सोमबार राती भएको प्रतिस्पर्धात्मक खेलमा रिचर्लिसनले १५औं मिनेटमा गोलगर्दै घरेलु सर्मथकको मन जितेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको एभर्टन दोस्रो हाफमा आत्मघाती गोलको शिकार भयो ।

६३औं मिनेटमा बल बचाउने क्रममा एभर्टनका सेमस कोलेमनको प्रहार आफ्नै पोस्टमा छिरेपछि बाटफोर्डले बराबरी गर्ने मौका पाएको थियो । दुई मिनेटलगत्यै वाटफोर्डका अब्दुलाये डोउकाउरेले गोलगर्दै वाटफोर्डलाई अगाडी बढाए ।

त्यसपछि एभर्टन खेलको अन्तिमसम्म दवावमा रह्यो । एभर्टनले दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा गोलगर्दै खेललाई बराबरीमा सकेको थियो । एभर्टनका लुकास डिग्नेले बराबरी गोल गरेका थिए ।

१६औं खेलको यस बराबरी नतिजासँगै २५ अंक बनाएको एभर्टन सातौं स्थानमा छ । २१ अंक जोडेको वाटफोर्ड १२औं स्थानमा छ । शीर्ष टोली लिभरपुलको ४२ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ र तेस्रो स्थानमा हरेको टोट्टनहामको ३६ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप