शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन सय जेब्राक्रस, तीनवटा मात्रै ट्राफिक बत्ती

मङ्गलबार, २५ मङ्सिर २०७५, ०८ : १५
मङ्गलबार, २५ मङ्सिर २०७५

काठमाडौँ – उपत्यकाभित्र करिब ३ सय जेब्राक्रस छन्, तर ट्राफिक बत्ती भने तीनवटामा मात्रै सञ्चालित छन् । यो समाचार आजको नयाँ पत्रिक दैनिकमा छ । 

नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा मात्रै ट्राफिक बत्तीले काम गर्छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार थापाथलीको जेब्राक्रस उपत्यकामा सबैभन्दा व्यस्त हुन्छ । बिहान र बेलुकाको ‘पिक आवर’मा मात्रै थापाथली जेब्राक्रसबाट दैनिक १५ हजार चार सयले बाटो काट्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको अध्ययनले देखाएको हो ।

महाशाखाले बिहान ९ देखि ११ र साँझ ३ देखि ६ बजेसम्म २२ वटा जेब्राक्रसबाट बाटो काट्नेको संख्या गणना नै गरेर तथ्यांक निकालेको छ ।  थापाथलीपछि सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त रहने गरेको देखिएको छ । यी जेब्राक्रसबाट बिहान र साँझको ५ घन्टामा मात्रै ११ हजारभन्दा बढीले बाटो काट्छन् ।

ट्राफिक महाशाखाको तथ्यांकअनुसार २२ जेब्राक्रसबाट ५ घन्टामा ७७ हजार सर्वसाधारणले सडक वारपार गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप